मंगलबार, मंसिर २३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कर्मचारी खटनपटनमा गृहको कडाईः शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

कर्मचारी खटनपटनमा गृहको कडाईः शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

 |  मंगलबार, साउन २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

काठमाडौं । गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरिएको छ। गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ।

National life

केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत  दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ।

नायव सुब्बा पौडेलको गृहबाट जिल्ला प्रशासन कार्यालय गुल्मी सुरुवा भएको थियो। उनी त्यहाँ नगई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा भएर गएका थिए। मन्त्रायलले पौडेललाई ५१ दिन गैलकटट्ी गरेर रमाना दिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी मन्त्रालयले इलाका प्रशासन कार्यालय चौरझारी रुकुम पश्चिम खटाएका शाखा अधिकृत दिनेश सिवाकोटीको ६१ दिन गैलकट्टी गरेको छ। सिवाकोटी रुकुमपश्चिम नगएर निर्वाचन आयोगमा सरुवा गराएका थिए।

‘दुवै जना कर्मचारी खटाएका ठाउँमा नगएपछि मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो।’ गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालले भने, ‘स्पष्टीकरण चित्त नबुझेपछि गैलकट्टी गरिएको हो।’

Laxmi sunrise bank
kumari

त्यसैगरी मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन थप ३५ जना कर्मचारीहरुलाई साउन २८ गते (भोली) सम्मको समय दिएको छ। मन्त्रालयले ३५ जना शाखा अधिकृत र एक जना नायव सुब्बा गरी ३५ जनालाई साउन २६ गते तीन दिनको समय दिएर खटाएको कार्यालयमा हाजिर हुन समय दिएको छ।

‘तोकिएको तीन दिन भित्र तोकिएको ठाउँमा नगए निजामती सेवा ऐन/नियम अनुसार कारबाही गरिनेछ,’ महाशाखा प्रमुख रिजालले भने।

प्रकाशित: Aug 12, 2025| 20:11 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्