बिहीबार, साउन १४, २०८३

अन्यौलकाबीच स्ववियू चुनावको चहलपहल शुरु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- ठाकुरराम बहुमूखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावको लागी विद्यार्थीको चहलपहल बढेको छ।

त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनको तालिका घोषणा नगरे पनि आगामी फागुन १४ गते चुनाव हुने आशामा विद्यार्थी संगठनले तयारी तीव्र पारेका छन्। स्ववियूको विभिन्न पदमा उम्मेदवारीको लागी विद्यार्थी संगठनका कार्यकर्ताबीच दौडधुप र आन्तरिक गृहकार्य शुरु भएको छ।

यो क्याम्पसको विद्यार्थी राजनीतिको इतिहासमा अहिलेसम्म नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्चश्व रहँदै आएको छ।

नेविसंघको तर्फबाट स्ववियू सभापतिका आकांक्षीहरु समीर हुसेन, अनिल पटेल र आनन्द गुप्ताले ती स्ववियू सभापति पदमा उम्मेदवारी दिन आ-आफ्नो तर्फबाट राजनीतिक नेतृत्वलाई दबाब दिइरहेका छन्। 

नेपाल विद्यार्थी संघको जिल्ला संयोजक दिलिप कार्कीले स्ववियू निर्वाचनको घोषणा नभएपनि विद्यार्थी संगठनहरुले आन्तरिक तयारी शुरु गरेको बताए। उनले विद्यार्थी भेटघाट, अनौपचारिक भेला, छलफलको कार्य शुरु भएको जानकारी दिए।

उम्मेदवारको चयनमा काँग्रेसको जिल्ला सभापति अजय कुमार द्विवेदी र केन्द्रीय नेता रमेश रिजाल पक्षधरबीच मुख्य रस्साकस्सी हुने देखिएको छ। नेविसंघ क्याम्पस एकाईको सिफारिस र जिल्ला समितिको रोहबरमा केन्द्रीय समितिले टिकट दिने नेवि संघको विधानमा व्यवस्था छ। 

यसैगरी सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन र मधेशवादी दल निकट विद्यार्थी संगठन समेत चुनावी रणनीतिको लागी सकृय भएका छन्। 

विरगंजको ठाकुरराम बहमूखी क्याम्पसमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठनको वर्चश्व भएझैँ वीरगंज नर्सिङ क्याम्पसको स्ववियूमा तत्कालीन नेकपा एमाले निकट विद्यार्थी संगठनको वर्चश्व कायम रहेको थियो। तर दुई वर्ष अघि वीरगंज नर्सिङ क्याम्पसको स्ववियू निर्वाचनमा अप्रत्याशित रुपमा नेपाल विद्यार्थी संघका उम्मेदवारले विजय हासिल गरेका थिए।

 
ठाकुरराम बहमूखी क्याम्पसमा विगत लामो समयदेखि स्ववियुको चुनाव हुन पाएको छैन । स्ववियू नहुँदा विद्यार्थी हकहितसँग सरोकार राख्ने विषय ओझेलमा परेको विद्यार्थी नेताहरुको भनाइ छ । दुई वर्षअघि अन्य क्याम्पसमा चुनाव भए पनि ठाकुरराम क्याम्पसमा मधेश केन्द्रित दल निकट विद्यार्थी संगठनको विरोधका कारण अवरुद्ध भएको थियो ।

अन्य क्याम्पसमा चुनाव भएको दुई वर्षे कार्यकाल यही फागुन १४ गते पुरा हुँदैछ । त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म चुनाव घोषणा नगरेकाले चुनाव हुने कि नहुने भन्नेमा विद्यार्थीमाझ अन्यौल छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।