आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि आयोगलाई प्रधानमन्त्रीको निर्देशन

सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि आयोगलाई प्रधानमन्त्रीको निर्देशन

 |  मंगलबार, साउन २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन्।

मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समिक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्तागठबन्धनका ठूला दल एमाले–कांग्रेसबीच कुनै समस्या नरहेको भन्दै ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका हुन्।

उनले अबको केहि समयपछि प्रधानमन्त्री मात्रै परिवर्तन हुने तर गठबन्धनमा कुनै असर नपर्ने धारणा राखे। प्रधानमन्त्री ओलीले ८४ को निर्वाचनपछि पनि एमाले की कांग्रेसले सरकार बनाउने उल्लेख गर्दै दुई दलमध्ये कसैको बहुमत नपुगे फेरी कांग्रेस–एमाले मिलेर नै सरकार बनाउने जिकिर गरे।

उनले टालाटुली बाटुली भनेजस्तो गरेर के के भेला पारेर अर्को सरकार बनाउने पक्षमा एमाले नरहेको बताए। ओलीले आफूहरुको ध्यान मुलुकको बिकासमा रहेको भन्दै बिकास नचाहनेहरुले अनावश्यक रुपमा सरकार परिवर्तनको चर्चा चलाउने गरेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूूमि समस्या समाधान आयोगलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरुलाई अबको दुुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए।

प्रकाशित: Aug 12, 2025| 19:07 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्