काठमाडौं-अष्ट्रेलियामा रहेका दुई नेपाली नेतृत्वका उद्यमहरू क्लिक कन्सल्टिङ्ग गु्रप र आइटी टुगेदरले बिजनेस अवार्ड परमाटा जितेका हुन्। उत्कृष्ट शिक्षा सेवा तर्फ क्लिक कन्सल्टिङ्ग (Click Consulting Group) र आइटी टुगेदर -IT Together_ ले उत्कृष्ट नयाँ व्यवसायका रुपमा परामाटा सम्मान प्राप्त गर्न सफल भएका हुन्।
क्लिक कन्सल्टिङ्ग गु्रपले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूलाई आइटी, लेखा, इञ्जिनियरिङ र साइबर सुरक्षामा जागिर खोज्न मद्दत गरेर ठूलो परिवर्तन ल्याइरहेको छ। अहिलेसम्म, यस गु्रपले सयौँ विद्यार्थीहरूलाई सफलतापूर्वक आफ्नो करियर सुरु गर्न मद्दत गरेको छ। अर्कोतर्फ आइटी टुगेदरले प्राविधिक स्टार्टअपका साथै साना र मझौला व्यवसायहरूलाई एआइ सञ्चालित सिआरएम समाधानहरू मार्फत आफ्नो दैनिक कार्यहरू स्वचालित गर्न मद्दत गरिरहेको छ । वास्तविक व्यावसायिक समस्याहरू समाधान गर्ने उनीहरूको नवीन दृष्टिकोणले उत्कृष्ट नयाँ व्यवसायको उपाधि दिलाएको हो।
यी उद्यमहरूमा नेपाली युवा ओम राउत, सन्तोष श्रेष्ठ, विकास रिजाल, सुनील सिग्देल र अनिस कार्की रहेका छन्। उनीहरूको कामले जोश, कडा परिश्रम र सही सोचका साथ युवा आप्रवासीहरूले विदेशमा सफल हुनुका साथै समुदायलाई पनि फिर्ता दिन सक्छन् भन्ने कुराको अनुभुति गराएको छ। उनीहरूको सफलता केवल व्यक्तिगत जित मात्र नभइ अष्ट्रेलियामा रहेका सबै नेपालीहरूका लागि गर्वको विषय बनाएको छ। यो अवार्ड युवाहरुले प्रवद्र्धन गरेका स्टार्टअपलाई प्रतिश्पर्धाका आधारमा प्रदान गरिन्छ।