बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पोखराको लेक साइड रिट्रिटमा डिशहोमका ग्राहकलाई विशेष छुट

पोखराको लेक साइड रिट्रिटमा डिशहोमका ग्राहकलाई विशेष छुट

 |  सोमबार, साउन २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०८२
National life
Shivam cement

काठमाडौं-डिशहोमले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने क्रममा पोखराको प्रतिष्ठित होटल 'लेक साइड रिट्रिट'सँग साझेदारी गरेको छ।आइएमई हस्पिटालिटीद्वारा व्यवस्थापित उक्त होटलमा अब डिशहोमका सक्रिय ग्राहकहरूले 'भर्चुअल प्रिभिलेज कार्ड' मार्फत विशेष छुट पाउनेछन्।

साझेदारी अनुसार, ग्राहकहरूले होटलको आवास तथा खाना र पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। यो सुविधा लिनका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको 'माइ डिशहोम एप' बाट भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।कम्पनीका अनुसार, यो साझेदारी ग्राहकलाई इन्टरनेट र टेलिभिजन सेवाका अतिरिक्त जीवनशैलीका अन्य फाइदा पनि प्रदान गर्ने प्रतिबद्धताको हिस्सा हो।

पोखराको सुन्दर लेकसाइडमा अवस्थित लेक साइड रिट्रिट आफ्नो आधुनिक सुविधा र शान्त वातावरणका लागि परिचित छ।छुट लिनका लागि मोबाइलमा ‘माइ डिशहोम’ एप डाउनलोड गरी ग्राहक आईडी वा दर्ता गरिएको मोबाइल नम्बरबाट लगइन गर्नुपर्ने।एपको होम स्क्रिनमा रहेको 'प्रिभिलेज कार्ड' आइकनमा क्लिक गरी सोही भर्चुअल कार्ड लेक साइड रिट्रिटको स्वागत कक्षमा देखाएर छुट सुविधा लिन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: Aug 11, 2025| 13:07 सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्