मंगलबार, पुस १५, २०८२

 माबिलुङ्ग इनर्जीको आइपिओ निष्कासन

 |  सोमबार, साउन २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०८२

काठमाडौं-माबिलुङ्ग इनर्जी लिमिटेडले आज (सोमबार) देखि आइपिओ निष्कासन गरेको छ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

National life

कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रूपैयाँको ४८।९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रूपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले १३ करोड ५४ लाख २३ हजार ५०० रूपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्कासन गरेको हो।सोमध्ये ३० हजार ९५ कित्ता सेयर कर्मचारीहरूका लागि र ७५ हजार २३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।सर्वसाधारणले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा साउन २९ गतेसम्म आवेदन दिन सकिन्छ उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि भदौ ९ गतेसम्म लम्बिनेछ।कम्पनीलाई इक्रा नेपालले ुइक्रा एनपी इस्युअर रेटिङ सिंगल बी प्लसु प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 11, 2025| 11:49 सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्