बुधबार, असार ३, २०८३

एभरेस्ट बैंकको नाफा ३३ प्रतिशत बढ्यो

 |  सोमबार, साउन २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०८२
National life
Shivam cement

काठमाडौं- एभरेष्ट बैंकको नाफा ३३ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा तीन अर्ब ५५ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको हो।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन आम्दानीमा बढ्दा  नाफा बढेको हो। बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको हो।बैंकको सञ्चालन मुनाफा पनि ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरण योग्य मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ छ।

यसबाट बैंकले ३८.२७ प्रतिशत लाभांश दिन सक्ने भएको छ।बैंकको खराब कर्जा ०७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा सीमित भएको छ।बैंकको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९९ पैसा छ। यस अघि यस्तो आम्दानी ३१ रूपैयाँ ४७ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा छ।

प्रकाशित: Aug 11, 2025| 11:44 सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्