आइतबार, भदौ २१, २०८३

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली

 |  शनिबार, साउन २४, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु साढे चार अर्ब फाइदा भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका छन्।

'हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ', प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आमप्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरेका छन्।

प्रकाशित: Aug 09, 2025| 14:54 शनिबार, साउन २४, २०८२
प्रतिक्रिया दिनुहोस्