बिहीबार, साउन १४, २०८३

आजपनि वर्षाको सम्भावना, ठाउँ ठाउँमा हिमपात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- बिहीबार पनि मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । बुधबार दिनभर जसो काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको थियो । 

शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना पनि देखिन्छ ।

शनिबार पनि मौसममा बदलीका साथै हल्का वर्षाको सम्भावना रहेको र हिमाली भेगका केही स्थानमा हिमपात हुनसक्ने बताइएको छ । सुदुरपश्चिम र कर्णली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा आज पनि हिमपात भइरहेको छ ।

काठमाडौं उपत्यका नजिका डाँडाँहरुमा पनि बुधरबार हिउँ परेको थियो । चन्द्रागिरी, फूल्चोकी, शिवपुरी लगायतका क्षेत्रमा हिमपात भएको थियो । 

मंगलबारबाट बदलिएको मौसमसँगै चिसो पनि बढेको छ । पानी परेसंगै कठ्याङ्ग्रिने गरी चिसो बढेको महशुस गरिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।