काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिहंले आदिवासी जनजातिहरुका अधिकारको महत्वलाई बुझ्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार कांग्रेस निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले आफ्नो अधिकार प्राप्त गरी र सीमा भित्र रही संयमित रुपमा आफ्नो अधिकारहरुलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए।
उनले नीति निर्माण तहमा आदीबासी जनजातिहरुको उल्लेखनीय प्रतिनिधित्व रहेको तर त्यसमा चित्त बुझाउन नसकिने बताए।