आइतबार, भदौ २१, २०८३

रास्वपा बैठक : रविका पक्षमा ३२ लाख हस्ताक्षर, ६२ लाख बढी रकम संकलन

 |  शुक्रबार, साउन २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको संस्थापक ईश्रा मुल्ला मिया हजलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। हज कमिटीको अध्यक्ष बनेपछि पार्टीबाट राजीनामा दिएका मियालाई पुनः केन्द्रीय समितिमा ल्याइएको हो।

यस्तै, पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतम, काठमाडौँलाई मनोनयन गर्ने र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा नवलपुरलाई मनोनयन गर्ने निर्णय भएको छ। यसरी नै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ, नवलपुरलाई मनोनयन गरेको छ।

साथै, बैठकमा पार्टी सभापति रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान अन्तर्गत श्रावण २३ गतेसम्म ३२,०६,६०८ (बत्तीस लाख छ हजार छ सय आठ) र सहयोग रकम ६२,१६,६६९ (बैसठ्ठी लाख सोह्र हजार छ सय उन्हत्तर) पनि संकलन भएको जानकारी पनि दिएका छन्।

प्रकाशित: Aug 08, 2025| 19:13 शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्