बुधबार, असार ३, २०८३

आदिवासी जनजातीको अधिकार थप संस्थागत गर्नुपर्छ : देउवा

 |  शुक्रबार, साउन २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानमा उल्लेख आदिवासी जनजातीको अधिकारलाई थप संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

National life

३१औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतन्त्रवाद आदिवासी जनजाती महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले बिभिन्न आन्दोलनबाट संविधानमा प्राप्त अधिकारलाई थप संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।

उहाले आदिवासी जनजातीको अधिकारका बिषयमा कांग्रेसले घोषणापत्रमार्फत नै प्रतिवद्धता जनाएको बताए। संविधानको प्रस्तावनामा नै सवैप्रकारको विभेद अन्त्य गरि आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको बिषय उल्लेख भएको उहाको भनाइ छ। सभापति देउवाले आदिवासी जनजातीको आत्मसम्मान र सहअस्तीत्वका लागि कांग्रेस सदैव संवेदनशील रहेको समेत उहाले उल्लेख गरे।

त्यस्तै उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले अहिले प्राप्त गरेको अधिकारलाई सवैले बुझ्नुपर्ने बताए। कांग्रेसको नेतृत्वमा संविधान जारी गरेपछि आदिवासी जनजातीले अधिकार प्राप्त गरेको भन्दै यसलाई प्रयोग गरेर अघि बढ्न जरुरी रहेको उहाको भनाइ छ। उनले राज्यको हरेक निकायमा आदिवासी जनजाती प्रतिनिधित्व बढ्दै गए पनि त्यतिमा नै चित्त बुझाएर बस्ने अवस्था भने नरहेको धारणा राखे।

त्यस्तै गृहमन्त्री रमेश लेखकले अहिलेका व्यवस्थाले सवै जातजाती, समूदाय सवैको अधिकार र पहिचान स्थापीत गरेको भन्दै संविधान बदल्ने कुरा कसैको पनि हितमा नहुने बताए। समावेशी चरित्रको व्यवस्थालाई थप उन्नत ढङ्गले अगाडि बढाउन सवै एकतावद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

Shivam cement

उनले वर्तमान सरकार अहिलको व्यवस्थाको रक्षा गर्दै संविधानको कार्यान्वयन गर्न दृढताका लागि परेको धारणा राखे। कार्यक्रममा आदिवासी जनजातीका मौलिक कला संस्कृति प्रस्तुत गरिएको थियो।

प्रकाशित: Aug 08, 2025| 18:40 शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्