सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ को संसद् अधिवेशन अन्य गर्न सिफारिस, सभामुखले भने– मलाई थाहा छैन

प्रदेश १ को संसद् अधिवेशन अन्य गर्न सिफारिस, सभामुखले भने– मलाई थाहा छैन

प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

विराटनगर– प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ ।

National life

मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्य गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष सिफारिस गरेको हो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सदन चलाउने उर्जा सांसदहरुमै नदेखिएकोले अन्त्य गरिएको बताए । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीसँग परामर्श नगरी संसदको अधिवेशन अन्य गरेको पाइएको छ । सभामुख भण्डारीले सोमबार बसेको प्रदेशसभा बैठक मंगलबार  १ बजे बस्ने गरी स्थगित भएको थियो ।

सभामुख प्रदीपकुमार भण्डारीले भने आफूलाई सदन अन्त्य भएको कुरा थाहा नभएको बताए । सञ्चारमाध्यममा समाचार आएपछि आफुले थाहा पाएको भण्डारीले बताए । 

प्रदेश १ सरकारले सभामुखसँग सामान्य परामर्शसमेत नगरी प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गरेपछि विपक्षी दलहरुले विरोध गरेका छन् ।

Shivam cement

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले सत्तामा संकट आएको अनुभूति गरेको हुनसक्ने बताए । सरकारले सत्तामा संकट आएको अनुभूति गरेर यस्तो निर्णय लिएको हुनसक्ने उनले बताए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सत्ता संरक्षणका निमित्त षड्यन्त्रपूर्वक सदन अन्त्य गरेको भन्दै विरोध गरेका छन् । मुख्यमन्त्रीले दलहरुसँग छलफल र त्यसका लागि तदारुकतासमेत नदेखाएको भन्दै अधिवेशन अन्त्यको उनले विरोध गरे ।

प्रकाशित: Aug 16, 2021| 19:53 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।