काठमाडौं-नेपालको सबैभन्दा ठूलो र प्रतीक्षित अटोमोटिभ कार्यक्रम ‘नाडा अटो शो २०२५’ यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन्।UNITREE प्रस्तुत गर्ने यस वर्षको शो “Go For More” भन्ने नारासहित नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब बन्ने आयोजकले जनाएको छ। यस प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय प्रणालीलाई एकै छानामुनि ल्याउनेछ।
उन्नत प्रविधि र विशाल प्रदर्शनी
नाडा अटो शो २०२५ मा विशेष प्रविधिहरू प्रदर्शन गरिनेछन्, जसमा UNITREE रोबोट्स (स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू) र Deepal eVTOL UAV (भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक) प्रमुख रहेका छन्।यसका अतिरिक्त, शोमा १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, र ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय संस्थाहरू गरी ३५ कम्पनीहरूका उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन्। कुल १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुने यस शोमा १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको छ। ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ।
सशक्त साझेदारी र व्यवस्थापन
यो कार्यक्रम विभिन्न साझेदार संस्थाहरूको सशक्त समर्थनमा सम्पन्न हुँदैछ। UNITREE (MAW Vriddhi) शीर्षक प्रायोजक रहेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह-प्रायोजक, Campa Cola Powered By, Yango Mobility Partner, Khalti by IME (भदौ २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक) Exclusive Ticketing Partner, WorldLink Official Internet Partner, CCTV Nepal Surveillance Partner, Himalayan Safety Solutions Pvt. Ltd. Fire Safety Partner, Kist Hospital Hospital Partner, र The Plaza Hospitality Partner रहेका छन्। नेपाल ल्युब आयल लिमिटेडले १२ जना भाग्यशाली विजेताहरूलाई एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गर्ने डोर प्राइज प्रायोजन गरेको छ। ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रालि (GEMS) ले कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको छ।
सुविधा र सुरक्षामा विशेष ध्यान
आगन्तुकहरूको सुविधा र सुरक्षा सुनिश्चित गर्न विशेष व्यवस्था गरिएको छ। शोमा चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवा लगायतका सुविधाजनक जोन विभाजन गरिएको छ। खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सकिनेछ। सञ्चारकर्मीहरूको समन्वयका लागि मिडिया डेस्क, महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक सूचना डेस्क, आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, र आगो नियन्त्रण व्यवस्था पनि मिलाइएको छ।
प्रमुख आकर्षणहरू
यस वर्षको नाडा अटो शोका प्रमुख आकर्षणहरूमा विन्टेज मोटर शो, जसमा Morris Minor, Fiat, Peugeot, Beetle, Mini Cooper, Toyota RT, Mercedes Benz, Toyota RT40, VW Bus, Toyota Corolla, Mazda Familia, र Toyota MR2 जस्ता ऐतिहासिक सवारी साधनहरू प्रदर्शन गरिनेछन्। साथै, ‘Made in Nepal Pavilion’ मा स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्सको प्रदर्शनी, ‘International Business Pavilion’ मा अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गर्ने थलो, र ईभी, स्मार्ट मोबिलिटी तथा दिगोपनमा केन्द्रित सेमिनार, कार्यशाला तथा अन्तरक्रियाहरू आयोजना गरिनेछन्। दैनिक भाग्यशाली विजेता घोषणा गरी एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गरिनेछ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष तथा नाडा अटो शो २०२५ आयोजक समितिका सभापति करण चौधरीले १६ संस्करणहरूको सफल इतिहास, अग्रणी ब्रान्डहरूको सहभागिता, र लाखौं दर्शकहरूको विश्वासले नाडा अटो शोलाई नेपालको अटोमोटिभ उद्योगको सर्वोत्कृष्ट मञ्चको रूपमा परिचित गराएको बताए।
उनले उपभोक्ता, प्रविधिप्रेमी, उद्यमी वा उद्योग विश्लेषक सबैका लागि नाडा अटो शो २०२५ नवप्रवर्तन अनुभव गर्ने र सम्भावनाहरू अन्वेषण गर्ने महत्वपूर्ण अवसर भएको बताउँदै “Go For More” नाराका साथ सहभागी हुन सबैलाई आह्वान गरेका छन्।