मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प गर्दै

फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प गर्दै

 |  बिहीबार, साउन २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०८२

काठमाडौं- फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको जनाएको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गत फोटोनसवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मत सम्भार र विशेष छुट र थप सेवाहरू समेत पाउन सक्नेछन्।

National life

मनसुनको भारी वर्षा नजिकिँदै गर्दा अचानक गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस्। यसका लागिमेगा मनसुन सर्भिस क्याम्पले सवारीधनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने रउपलब्ध विशेष छुट तथा सुविधाहरूको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ।
मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण भनेको फोटोन सवारीहरूमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्कचेकजाँच हो। यो बम्परदेखि बम्परसम्मको चेकजाँचले सबै फोटोन सवारीधनीहरूलाई फाइदा पुर्‍याउँछ, किनभनेयसमार्फत गाडीको सम्पूर्ण अवस्था परीक्षण गरिन्छ।

यस अन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरलभागहरूको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छकि छैन भन्ने सुनिश्चित गर्छ। त्यसैगरी, ग्राहकहरूले निःशुल्क वास र ग्रिजीङ सेवा पनि प्राप्त गर्नेछन्, जसले मनसुनकोमौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागहरूको दीर्घायु र दक्षता कायम राख्न मद्दतपुर्‍याउँछ।

साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५५ छुट पनि उपलब्ध छ।
ग्राहकहरूले यी अफरहरूको लाभ उठाएर आफ्नो गाडीको लामो आयु बढाउन सक्नेछन् र अकस्मात बिग्रने सम्भावनाघटाउनेछन्, जसले यात्रालाई अझ सुरक्षित र ढुक्क बनाउँछ।यो सर्भिस क्याम्प नेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीहरूका लागि मात्र उपलब्ध हुनेछ।

इच्छुकग्राहकहरूले ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा फोन गरेर अग्रिम बुकिङ गर्न सक्नुहुन्छ जसले गर्दा धेरैबेरनपर्खी प्राथमिकता अनुसार सर्भिसको सुविधा पाउन सकिन्छ। फोटोन टोटल केयरको अनुभवी टोली छिटो र भरपर्दोसेवा दिन पूर्ण रूपमा तयार छ ताकि तपाईंले आत्मविश्वासका साथ वर्षायामको यात्रा गर्न सक्नेछन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 07, 2025| 11:03 बिहीबार, साउन २२, २०८२
प्रतिक्रिया दिनुहोस्