मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग छिट्टै एकता हुन्छ : देव गुरुङ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग छिट्टै एकता हुन्छ : देव गुरुङ

 |  बुधबार, साउन २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०८२

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग छिट्टै एकता हुने बताएका छन्।

National life

आज आयोजित एक कार्यक्रममा गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए। गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिबीचको एकता अत्यावश्यक भएको बताए।

“अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर देश, जनता र समयको मागअनुसार नेकपा (एस)सँग पनि एकताका लागि छलफल चलेको छ”, गुरुङले भने। नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकाले छिटो एकता गर्न सहज हुने बताउँदै गुरुङले भने, “समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन कसरी बलियो बनाउने, सदन र सडकसम्म संघर्ष कसरी गर्ने भन्नेलगायत विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्नेछ।”

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर निरन्तर सदन अवरुद्ध गर्दा महत्त्वपूर्ण विधेयक रोकिने भएकाले दुई बुँदे सहमति गरेको विषय स्थायी कमिटीले सही भएको मूल्यांकन गरेको उनले बताए।

‘कुलिङ पिरियड’ प्रकरणबारे बनेको छानबिन समितिले सही निष्कर्ष निकालेर त्यसलाई सच्याउनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ। त्यसैगरी, कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी सुशीलले माओवादीले स्थायी समितिबाट आफ्नो पार्टीसँग एकता गर्ने भन्ने निर्णय स्वागतयोग्य रहेको बताए।

Laxmi sunrise bank
kumari

समाजवादी मोर्चा कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका बुढाथोकीले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा समाजवादी क्रान्तिका लागि माओवादी धार र समाजवादी मोर्चामा आबद्ध पार्टीबीच एकता ध्रुवीकरण हुनुपर्ने धारणा राखे।

प्रकाशित: Aug 06, 2025| 21:05 बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्