बिहीबार, असार ४, २०८३

३५ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

 |  बुधबार, साउन २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०८२

काठमाडौं । नेपाल प्रहरीमा बढुवा भएका ३५ अधिकृतले दर्ज्यानी चिह्न लगाएका छन्। प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरूलाई फुली लगाइदिएका हुन्।

National life

गृह मन्त्री स्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११, सचिवस्तरको निर्णयअनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी पदमा ११ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा १३ गरी ३५ प्रहरी अधिकृतको बढुवा भएको हो।

फुली लगाउने एसएसपीमा तुलबहादुर कार्की, राकेश सिंह, राजिबबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल छन्।

एसपीमा अनिल लकुमार खड्का, महेश थापा, दीपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डीलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन्।

डिएसपीमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल छन्।

Shivam cement

प्रकाशित: Aug 06, 2025| 20:35 बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्