बिहीबार, साउन २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा वैदेशिक लगानी भित्र्याउने र पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल

नेपालमा वैदेशिक लगानी भित्र्याउने र पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल

 |  बुधबार, साउन २१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०८२

vianetvianet

काठमाडौं-सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा कमिटी'CNI'का सभापति एवं नेपालका लागिकेन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबीच नेपालमा प्रत्यक्ष वैदेशिक लगानी 'FDI'भित्र्याउने रणनीतिबारे महत्वपूर्ण छलफल भएको छ।

उक्त छलफलमा उत्पादनशील क्षेत्रहरूमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक सञ्जालहरूको स्थापना गर्ने र प्रविधि हस्तान्तरणका विषयमा रणनीति तयार गर्नेबारे विस्तृत कुराकानी भएको बताइएको छ।
यसका साथै, नेपाललाई साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा पनि छलफल केन्द्रित थियो।

छलफल कार्यक्रममा राजदूत पौडेलले पोर्चुगलमा रहेका नेपालीहरूको समस्या समाधानका लागि आफू निरन्तर लागिपरेको जानकारी गराए। उनले नेपाली आप्रवासीहरूको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भइरहेको र पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि प्रभावकारी योजना बनिरहेको पनि बताए।

यसै क्रममा पोर्चुगलमा रहेको नेपाली मिसन र'CNI'बीचको संस्थागत सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: Aug 06, 2025| 10:28 बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्