मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त

 |  मंगलबार, साउन २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०८२

National life

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन्। बानियाँ बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री हुन्।

नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा सरकार गठनको दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा यी दुई दलका कुल ६४ सांसदहरूको समर्थन रहेको छ।

मकवानपुर निवासी बानियाँभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको नेतृत्व गरिसकेका छन्।

Laxmi sunrise bank
kumari

मुख्यमन्त्री बानियाँले चाँडै नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

प्रकाशित: Aug 05, 2025| 20:06 मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्