बिहीबार, साउन २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • 'बीवाईडी' २०२५ फर्च्युन ग्लोबल सूचीको ९१औँ स्थानमा पर्न सफल

'बीवाईडी' २०२५ फर्च्युन ग्लोबल सूचीको ९१औँ स्थानमा पर्न सफल

 |  मंगलबार, साउन २०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०८२

vianetvianet

काठमाडौं-बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औँ स्थानमा पर्न सफल भएको छ। सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलो पटक शीर्ष १०० भित्र परेको हो।सन् २०२४ मा १४३औँ स्थानमा थियो। सन् २०२२ यता बीवाईडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको छ। गत वर्ष बीवाईडीले आफ्नो ग्रोथमा अप्रत्यासित उछाल देखाएको थियो।

बीवाईडीका चार उद्योगको व्यापार चम्किएको थियो। कम्पनीको वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन ९१४ खर्ब ३८ अर्ब रुपैयाँ० पुगेको थियो। यो बीवाईडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि हो।कम्पनीले सन् २०२४ मा न्यू इनर्जी भेहिकल ९एनइभी०को बिक्रीमा पनि नयाँ रेकर्ड हात पारेको थियो। बीवाईडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बेचेको थियो। यो भनेको ४१ प्रतिशतको वार्षिक वृद्धि हो।

यही व्यापारिक रफ्तारका कारण बीवाईडीले लगातार तेस्रो वर्ष पनि ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा उपाधि जित्न सफल भएको छ। जसका कारण बीवाईडी विश्व अटो बजारमा झन् झन् बलियो प्लेयर बन्दै गइरहेको छ।बीवाईडीको यस्तो ऐतिहासिक उछालको कारण प्राविधिक इनोभेसनकै कारण सम्भव भएको हो। ‘प्रविधिमा(आधारित, इनोभेसन केन्द्रित’ दर्शनको विकास गर्दै रिसर्च एण्ड डेभलपमेन्टमा गरेको लगानीका कारण नै यी उपलब्धि हासिल गर्न सफल भएको कम्पनीको विश्वास छ।

सन् २०२४ मा बीवाईडीले आरएण्डडीमा ५४ अर्ब २० करोड युआन खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा यो ३६ प्रतिशत बढी हो। कम्पनीले गरेको खुद नाफालाई समेत लगानीको यो आँकडालाईसमेत उछिनेको छ। विगत १४ मध्ये १३ वर्ष ९सन् २०११ देखि २०२४०मा आरएण्डडीमा गरिएको लगानीले बीवाईडीको खुद नाफालाई उछिनिरहेको छ।आरएण्डडीमा गरिएको लगानीकै कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम, मेगावाट फ्ल्यास चार्जिङलगायतका मुख्य प्रविधि आविष्कार गर्न सक्षम भएको कम्पनीको भनाइ छ।

सन् २०२५ मा बीवाईडीले ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको छ। बीवाईडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ।यो वर्षको पहिलो ६ महिनामा बीवाईडीले उत्पादन गरेका पेसेन्जर भेहिकल र पिकअप ट्रकको ओभरसिज ९चीन बाहिर० बिक्री ४ लाख ७० हजार थानभन्दा बढी पुगिसकेको छ। कम्पनीले ओभरसिज लोकलाइजेसन प्रयत्नको रुपमा हङ्गेरीमा युरोपेली मुख्यालय खोल्नुलाई मानेको छ।

यस्तै, ब्राजिलको उद्योगबाट पहिलो गाडी उत्पादन गर्नु र थाइल्याण्डमा ९० हजारभन्दा बढी न्यू इनर्जी भेहिकल डेलिभरी गर्नु पनि बीवाईडीको ओभरसिज लोकलाइजेसनकै प्रयत्न हो। आजको दिनसम्म बीवाईडीको न्यू इनर्जी भेहिकल विश्वका ११२ देशहरुमा उपलब्ध छ।

प्रकाशित: Aug 05, 2025| 10:47 मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्