मंगलबार, पुस १५, २०८२

पूर्वराज्यमन्त्री कान्छारामको कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा

 |  सोमबार, साउन १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

National life

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’लाई कर्णाली प्रदेश सरकारले कालो सूचीमा राखेको छ।

प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले खरिद/ठेक्का सम्झौता अन्त्य गरेको जानकारी गराउँदै कालो सूचीमा राखेको हो।

२०७८ भदौ १७ मा भएको सम्झौतालाई पूरा नगरी बीचैमा छोडेर भागेको, ठेक्का अन्त्य अगाडि सूचना जारीपछि भएको म्याद थपमा पनि स्वघोषित कार्यतालिकाअनुसार पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै निर्देशनालयले कालो सूचिमा राखिएको पत्र पठाएको छ।

कर्णाली सरकार अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले वीरेन्द्रनगर योजना क्षेत्रभित्रको सडक स्तरोन्नति (प्याकेज–१) को काम समयमा सम्पन्न नगरेको भन्दै कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको हो।

Laxmi sunrise bank
kumari

कम्पनीले कामको म्याद पटक-पटक थपिए पनि काम नगरेको, बैठक र पत्राचारमा पनि सहभागी नभएको र निर्माण स्थलमै स्रोतसाधन र कर्मचारी नपठाएको पाइएपछि कालोसूचीमा राखिएको जनाइएको छ।

निर्देशनालयका निमित्त निर्देशक ई. सूर्य बहादुर शाहीले यसै उक्त कन्स्ट्रक्सनलाई सम्पूर्ण वित्तीय फरफारक गर्न समेत अनुरोध गरेका छन् ।

‘कम्पनीलाई सार्वजनिक खरिद नियमावली, २०६३ को नियम १४१ र ठेक सम्झौताको जीसीसी क्लाउज १७ तथा एसबीडी को जीसीसी क्लाउज ७४ को प्रावधान बमोजिम कालो सूचीमा राख्न सिफारिस गरिनेछ’, पत्रमा उल्लेख छ।

image-13-1754317902.png

image-14-1754317902.png

image-15-1754317902.png

 

प्रकाशित: Aug 04, 2025| 20:17 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्