सोमबार, भदौ ९, २०८२

प्रधानमन्त्री ओली दुबईमा

 |  सोमबार, साउन १९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

vianetvianet

दुबई- प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन्।

Kumaribank

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गरे।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११:५५ बजे फ्लाइट दुबइको उडानबाट दुबई आएका हुन्।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन्।

प्रकाशित: Aug 04, 2025| 08:18 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्