मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एमजीको 'आईएम ६' इन्टेलिजेन्ट इलेक्ट्रिक एसयूभी नेपालमा सार्वजनिक

एमजीको 'आईएम ६' इन्टेलिजेन्ट इलेक्ट्रिक एसयूभी नेपालमा सार्वजनिक

 |  आइतबार, साउन १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०८२

 

National life

काठमाडौं-मोरिस ग्यारेज 'एमजी' ब्रान्डका लागि नेपालस्थित आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले 'एमजी आईएम ६' इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी नेपाली बजारमा ल्याएको छ।बिहीबार  काठमाडौंमा विशेष समारोहबीच अनावरण गरिएको 'आईएम ६' स्मार्ट फिचर, लक्जरी डिजाइन र अत्याधुनिक प्रविधिसहितको पहिलो प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी भएको कम्पनीको दाबी छ।

कार्यक्रममा बोल्दै प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने, 'एमजी आईएम ६ केवल सवारी साधन होइन, यो स्मार्ट ड्राइभिङको भविष्य हो।' उनले यस गाडीले नेपालमा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे।अत्याधुनिक एल–ड्राइभिङ टेक्नोलोजी, बुद्धिमान सुरक्षा प्रणाली, आकर्षक क्याबिन अनुभव र अग्लो स्तरको इन्फोटेन्मेन्टसहितको यो गाडी अब देशभरका एमजी शोरूममा बुकिङका लागि उपलब्ध भएको छ।

गाडीमा रहेको 'रेनी नाइट मोड' ले ए(पिलर र पछाडिको भागमा रहेको ब्लाइन्ड स्पटहरू हटाउन बाह्य क्यामेराको प्रयोग गरेर दृश्यता बढाउँछ। यसका साथै, डिफोगर र मिरर हीटिङ फिचरले मौसम जे भए पनि सफा दृश्य प्रदान गर्छ।यसमा समावेश अन्य सुरक्षा र सुविधा प्रणालीमा अनुकूली क्रूज नियन्त्रण, स्वचालित आपतकालीन ब्रेकिङ, लेन परिवर्तन सहायता, पछाडि क्रस ट्राफिक अलर्ट, गति सीमाको जानकारी, बुद्धिमान गति सहायता लगायतका फिचर छन्।

एमजी आईएम ६ ले उच्च प्रदर्शनसहितको विद्युतीय अनुभव, लक्जरी र स्मार्ट प्रविधिको संयोजनमार्फत नेपाली ईभी बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 03, 2025| 11:27 आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्