सोमबार, साउन १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लेट मेइनका विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट उपलब्ध 

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लेट मेइनका विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट उपलब्ध 

 |  आइतबार, साउन १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०८२

vianetvianet

काठमाडौं-एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन। 

ग्राहकहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु (Hair transplant, Facial, Anti-aging treatment, Scar treatment, Acne treatment, Hyperbaric oxygen therapy)मा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ।  यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank)  एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लेट मेइनसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। 

प्रकाशित: Aug 03, 2025| 11:17 आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्