मंगलबार, भदौ १०, २०८२

मनसुन फ्री सर्भिस क्याम्प आयोजना गर्दै सुजुकी 

 |  आइतबार, साउन १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०८२

vianetvianet

काठमाडौं- नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही श्रावण १८ देखि २० गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ।लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ। यदि यस्ता समस्यामा समयमै ध्यान नदिइयो भने गाडीमा दीर्घकालीन असर पर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ।यही सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ।

Kumaribank

यस क्याम्प मार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा, र विशेषज्ञद्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइनेछ। कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र  निशुल्क एसीरहिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुका साथै ३ जना भाग्यमानी ग्राहकहरुले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्नेछन्।त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट पाउने छन् भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट पाउने छन्।

नेपालकै ठूलो सर्भिस सञ्जाल भएको सुजुकीले मनसुन फ्री सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा उपलब्ध हुने जनाएकोछ।
 

प्रकाशित: Aug 03, 2025| 10:47 आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार