बिहीबार, असार ४, २०८३

अधिकार कसैको निगाह र बक्सिसले प्राप्त गर्ने विषय हैन : धनराज गुरुङ

 |  शुक्रबार, साउन १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अधिकार कसैको निगाह र बक्सिसले प्राप्त हुने विषय नभएको बताएका छन्।

National life

नेपाली कांग्रेस थारु विभागको आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘वर्तमान अवस्थामा थारुहरूको सामाजिक, आर्थिक, राजनीतिक अवस्था, अवसर र चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले १२५ जातजाति र १२३ भाषाभाषी भएको देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र स्थापना गर्न सबैको योगदान रहेकाले थारु समुदायले प्राप्त गरेको अवसर त्यही योगदानअन्तर्गत रहेको बताए।

त्यसैगरी पार्टीका सहमहामन्त्री भीष्मराज आङदम्बेले नेपाली कांग्रेसले थारु समुदायको पहिचानलाई स्थापित गर्न संवैधानिक व्यवस्थाका साथसाथै उनीहरूको अस्तित्व र स्वाभिमानलाई राजनीतिक, सामाजिक र सांस्कृतिक मौलिकतालाई जोगाएर राखेको बताए।

पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले थारु समुदायको हकहित र आर्थिक रूपमा चलायमान बनाउन थारु समुदायलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले थारुहरूको जनसङ्ख्याअनुसार राजनीतिक प्रतिनिधित्वमा जोड दिनुपर्ने उल्लेख गरे। उनले क्रियाशील सदस्यतामा भन्दा राजनीतिक नेतृत्वमा स्थापित गराउन ध्यान दिनुपर्ने धारणा राखे।

थारु संघको महाधिवेशन निर्देशक समितिका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाले नेपाली काँग्रेसले जति थारु समुदायलाई राजनीतिक प्रतिनिधित्व, सम्मान, पहुँच र अवसर अरु पार्टीले दिन नसकेको धारणा राखे।

Shivam cement

थारु विभागका संयोजक योगेन्द्र थारूले अस्तित्व र पहिचानका लागि लडेको समुदायले निरन्तर प्रयासबाट अधिकार प्राप्त गर्न सक्ने भएकाले निरन्तर क्रियाशील हुन आग्रह गरे।

प्रकाशित: Aug 01, 2025| 21:57 शुक्रबार, साउन १६, २०८२
प्रतिक्रिया दिनुहोस्