मंगलबार, पुस १५, २०८२

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

 |  शुक्रबार, साउन १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०८२

काठमाडौं। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिएको छ।

National life

बैठकमा सांसदहरूले विधेयकका विभिन्न पक्षबारे धारणा राख्दै कानुन निर्माणमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन्।

पूर्वमन्त्री तथा नेकपा (एमाले) की सांसद विद्या भट्टराईले छलफलका क्रममा मिडिया काउन्सिल विधेयक कस्तो हुनुपर्छ भन्नेबारे सबैले आफ्ना धारणा राखिसकेको बताउँदै व्यवहारमा पनि त्यहीअनुसारको अभ्यास हुनुपर्ने धारणा राखिन्।

उनले भनिन्, ‘हामीले संस्थाहरु बनाउँछौं, दस्तावेजमा राम्रो लेख्छौं तर व्यवहारमा त्यही अनुसार अभ्यास हुँदैन। कानुन बनाउँदाखेरि जति संवेदनशील भएर बनाइन्छ, त्यसलाई व्यवहारमा पनि त्यत्तिकै संवेदनशील भएर लागू गर्न आवश्यक छ।’

सांसद भट्टराईले प्रेस स्वतन्त्रता र मिडियाको उत्तरदायित्व दुवै सुनिश्चित गर्ने गरी विधेयक निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन्। ‘यदि मिडियाको हक र नागरिकको हकलाई प्रत्याभूत गर्ने अधिकारलाई आधार बनाएर कानुन बनायौं भने मिडिया स्वतन्त्र पनि हुन्छ, उत्तरदायी पनि,’ उनले भनिन्।

Laxmi sunrise bank
kumari

समितिको बैठकमा अन्य सांसदहरूले पनि मिडिया काउन्सिलको संरचना, अधिकार, जिम्मेवारी तथा पारदर्शिता लगायतका विषयमा धारणा राखेका थिए।

 

प्रकाशित: Aug 01, 2025| 19:21 शुक्रबार, साउन १६, २०८२
प्रतिक्रिया दिनुहोस्