मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेतृत्व पुस्तान्तरण हुन नसकेकाले कांग्रेसप्रति जनताको अविश्वास बढ्दो छ : प्रदीप पौडेल

नेतृत्व पुस्तान्तरण हुन नसकेकाले कांग्रेसप्रति जनताको अविश्वास बढ्दो छ : प्रदीप पौडेल

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेतृत्व पुस्तान्तरण हुन नसकेकाले नेपाली कांग्रेसप्रति आम जनताको अविश्वास बढ्दै गएको बताएका छन्।

National life

बिहीबार परिवर्तन अभियान नेपालको दोस्रो वार्षिक कार्यक्रममा बोल्दै उनले लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको आम जनताको अविश्वास बढेको बताएका हुन्।

उनले भने, ‘हाम्रो नेपाली कांग्रेस पार्टीमा पछिल्लो पुस्ता नेतृत्वमा आउने प्रकृयाको सन्दर्भमा एकदमै परिणाममूखी ढङगबाट हामी अगाडि बढ्न सकिरहेका छैनौ। लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको जस्तो देखिन्छ। नेपाली कांग्रेसप्रति आम जनताको अविश्वास बढेको कारण पनि कांग्रेसमा पुस्तान्तरण भएन भन्ने पक्षबाट पनि हो जस्तो मलाई लाग्छ।’

उनले नीतिगत पक्षबाट युवाहरुले हस्तक्षेप गर्नुपर्ने भन्दै पुस्तान्तरणको नँया विकल्प नीतिगतमा हुने बताए।

‘अब पुस्तान्तरण गर्नका लागि प्रक्रिया भन्दा फरक ढङगबाट नेतृत्व चयन हुने स्थिती पनि हुँदैन। हामीले नीतिगत पक्षबाट हस्तक्षेप गर्न सकिएन कि, नीतिगत पक्षबाट विकल्प हो भनेर आउन सकिएन कि विश्वास जित्न सकिएन कि त्यो पक्षलाई ध्यान दिन जरुरी छ,’ उनले भने।

kumari

प्रकाशित: Jul 31, 2025| 19:46 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्