मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भईसकेको छ : महासचिव पोखरेल

निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भईसकेको छ : महासचिव पोखरेल

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले निजामती कर्मचारी विधेयक आउछ कि आउदैँन् भन्ने अन्यौलताको अन्त्य भएको बताएका छन्।

National life

बिहिबार काठमाडौंमा आयोजित सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोहमा उनले निजामती कर्मचारी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेको भन्दै अब विधेयक आउछ कि आउदैँन् भन्ने कुराको अन्त्य भएको बताए।

उनले भने, ‘निजामती विधेयक प्राप्त नहुदा एक प्रकारको तनावबाट निजामती क्षेत्र गुज्रियो र धेरै मेहेनत पश्चात प्रतिनिधि सभाबाट त्यो विषय अगाडि बढेको छ। राष्ट्रिय सभामा त्यो विषय प्रवेश गरेको छ। प्रतिनिधि सभाबाट विधेयक पारित भईसकेपछि राष्ट्रिय सभामा धेरै समय लगाउन मिल्दैँन्। त्यस हिसाबले निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भईसकेको छ। त्यस कारण विधेयक आउछ कि आउदैँन् भन्ने कुराको अन्त्य भएको छ।’

यस्तै, उनले निजामती कर्मचारीहरुको निरन्तरताको खबरदारीले सफलता हासिल गरेको भन्दै पार्टीको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 31, 2025| 18:50 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्