मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सबै नेपालीले खुसीका साथ खिर खान पाउने वातावरण बनाउन लागौँः प्रधानमन्त्री

सबै नेपालीले खुसीका साथ खिर खान पाउने वातावरण बनाउन लागौँः प्रधानमन्त्री

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

National life

नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीले यस दिनमा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न सबैसँग आग्रह गरे।

उनले यस वर्ष तराई-मधेसमा सुक्खा लागेकाले राम्रो खेती हुन नसकेक्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै देशको अन्नभण्डारका रुपमा रहेको तराई-मधेसमा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताए।

प्रधानमन्त्री ओलीले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायतका आयोजना छिटो सक्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जानकारी दिए।

विभागका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली मौलिक सस्कृतिको जगेर्नाका लागि हरेक वर्ष ‘खीर खाने’ कार्यक्रम आयोजना गर्दै आएको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 31, 2025| 18:24 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्