मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बुढानीलकण्ठको 'लेमोन ट्री प्रिमियर'मा सेवा लिँदा एनआईसी एशिया बैंकका ग्राहकहरुलाई २० प्रतिशत छुट

बुढानीलकण्ठको 'लेमोन ट्री प्रिमियर'मा सेवा लिँदा एनआईसी एशिया बैंकका ग्राहकहरुलाई २० प्रतिशत छुट

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेड बीच  बैंकका ग्राहकहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले लेमोन ट्री प्रिमियर,मा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन्  । ग्राहकहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट उपभोग गर्न सक्नेछन।

उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख श्री बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर श्री मनोज कुमार थापाले हस्ताक्षर गरे। यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाईलबैंकीङ  एपमार्फत भुक्तानी गर्नुपर्ने छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। 

प्रकाशित: Jul 31, 2025| 11:25 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्