शुक्रबार, साउन १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यातायात व्यवस्था विभाग र 'नाडा' बीच सवारी साधन आयात, उत्पादन र जडान सम्बन्धी निर्देशिका २०८२ माथि छलफल 

यातायात व्यवस्था विभाग र 'नाडा' बीच सवारी साधन आयात, उत्पादन र जडान सम्बन्धी निर्देशिका २०८२ माथि छलफल 

 |  बिहीबार, साउन १५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

vianetvianet

काठमाडौं-अटोमोबाइल्स एशोसिएशन अफ नेपाल 'नाडा' का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटवार्ता गरी निर्देशिकाका विभिन्न पक्षमाथि विचार विमर्श गरेको हो।छलफलका क्रममा विशेषगरी सवारी आयात, उत्पादन र जडानसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयहरूमाथि बहस भएको थियो। यसमा नेपाल यातायात व्यवसायी महासंघको मागअनुसार विद्युतीय सवारी साधनहरूको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर र चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउनुपर्ने माग राखेको छ।

यसबाहेक, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भइसकेका ब्याट्रीहरूको दीर्घकालीन व्यवस्थापन, नक्कली प्रमाणीकरण 'डुप्लिकेट सर्टिफिकेसन', कागजात 'डकुमेन्टेसन', छाप र लोगोको प्रयोग, मोटर क्षमता र सिट संख्यामा देखिएको विवाद, भन्सार महसुल निर्धारणका आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा नक्सा  अनिवार्य गर्ने लगायतका विषयहरूमाथि गम्भीर छलफल भएको छ।
छलफलका क्रममा नाडाका अध्यक्ष चौधरीले निर्देशिकाका प्रत्येक बुँदामाथि विस्तृत छलफल गरिनुपर्नेमा जोड दिए। उनले यस निर्देशिकाका सम्बन्धमा नाडामा थप विस्तृत छलफल गरी विभागलाई सुझाव पठाउने प्रतिबद्धता जनाउँदै छलफलका लागि नाडालाई आमन्त्रण गरेकोमा विभागप्रति आभार व्यक्त गरे।

विभागका महानिर्देशक पोखरेलले नेपालमा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धमा कुनै स्पष्ट नीतिनियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको स्पष्ट पारे। उनले यसका लागि विभिन्न चरणमा छलफल गरिने जानकारी गराए। उनले सरकारले व्यवसायीहरूका लागि विभिन्न व्यवधान सिर्जना गर्ने गरेको आम बुझाइ भए तापनि अब सरकार व्यवसायीहरूको पूरकका रूपमा उभिने र देशको आर्थिक विकासमा निजी क्षेत्रको ठूलो भूमिका रहने बताए।

महानिर्देशक पोखरेलले नाडासँगको सहकार्यमा सवारी साधनहरूका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने नाडा अध्यक्ष चौधरीको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै मुख्यतः तीनवटा विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्न सकिने बताए। उनले सही समयमा सही छलफल भएकोमा सन्तोष व्यक्त गरे।

छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयातसँग सम्बन्धित व्यवस्थाहरूका बारेमा बैठकलाई विस्तृत जानकारी गराएका थिए। यस अवसरमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: Jul 31, 2025| 11:04 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्