बिहीबार, साउन १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा 'सन एचिभर्स नाइट २०८२'कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा 'सन एचिभर्स नाइट २०८२'कार्यक्रम सम्पन्न

 |  बुधबार, साउन १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०८२

vianetvianet

जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्न समर्पित अभिकर्ताहरूको मेहनत र योगदानको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम 'सन एचिभर्स नाइट २०८२' सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा सम्पन्न गरेको छ।

कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट हुने अभिकर्ताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो।'MDRT' २०२५, सर्वाधिक बीमालेख बिक्री, व्यक्तिगत तथा टिम व्यवसायमा सर्वाधिक बीमाशुल्क सङ्कलन, सर्वाधिक अभिकर्ता सक्रियता लगायतका विभिन्न विधामा अब्बल हुने अभिकर्ताहरूलाई सम्मान गरिएको हो।

साथै, कम्पनीले व्यवसायका आधारमा अभिकर्ताहरूलाई शुक्र, चन्द्र, मंगल तथा दी सन क्लब मा वर्गीकरण गरी सोहीअनुसारको सम्मान पनि गरेको छ।कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईलगायत वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरूको व्यक्तित्व विकास भई ग्राहक वर्गमा पुर्‍याउने सेवामा थप दक्षता अभिवृद्धि गर्ने बताए। उनले कम्पनीप्रतिको निष्ठा, भरोसा, मिहिनेत र बीमितप्रतिको उत्तरदायित्व नै कम्पनीको मेरुदण्ड भएको जानकारी गराए।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ।

प्रकाशित: Jul 30, 2025| 10:58 बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्