बिहीबार, असार ४, २०८३

चार सहसचिवको सरुवा, को कहाँ?

 |  मंगलबार, साउन १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०८२

काठमाडौं । सरकारले चार जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो।

National life

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। डोटीका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको आदिवासी जनजाति आयोगमा सरुवा गरिएको छ।

कोशी प्रदेश योजना आयोगका प्रदेश सचिव मिमांश अधिकारीको वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ।

Shivam cement

प्रकाशित: Jul 29, 2025| 20:15 मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्