बिहीबार, साउन १५, २०८२

सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्न पाइँदैन : सभापति देउवा

 |  मंगलबार, साउन १३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०८२

vianetvianet

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।

मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापरी र उद्योगपतिले आफूले केही नगर्ने अनि दोष जति सरकारलाई दिने गरेको भन्दै आक्रोसित भए।

उनले भने, ‘व्यापार गर्ने व्यापारीले हो। उद्योग चलाउने उद्योगपतिले हो। समस्या केही छ भने भन्नुहोस् न मलाई आएर। के गर्नुपर्ने हो सरकारले गर्न तयार छ। तर सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि। आफूले पनि गर्नुपर्यो नि। आफूचाही केही नगर्ने अनि हामीलाई दोष दिने ? व्यापार सरकारले गर्दैन्। उद्योग सरकारले खोल्दिदैन्। उद्योग खोल्नुहोस् व्यापार गर्नु आफूले गर्न नसकेको दोष त सरकारलाई दिनुभएन नि।’

त्यस्तै उनले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्रमा सुधार आएको दाबी गर्दै कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको स्मरण गरे।

उनले मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याएर जनताको पक्षका काम गर्न कांग्रेस प्रतिबद्ध रहेको धारणा राखे।

प्रकाशित: Jul 29, 2025| 18:08 मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्