सोमबार, पुस १४, २०८२

मुख्यमन्त्री शाहले यही साउन १५ गते विश्वासको मत लिने

 |  सोमबार, साउन १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०८२

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन १५ गते प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्।

National life

आज नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

यसैबीच कांग्रेस संसदीय दलको बैठकपछि प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित रही मुख्यमन्त्री शाह पक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ।

सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। नाउपाले समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारसँग बहुमत कायम छ।

तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम यही साउन १७ गतेभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ। नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेका रामेश्वर चौधरीलाई आर्थिक पारदर्शिता र सुशासन कायम गर्न मुख्यमन्त्रीबाट भएको आग्रह बेवास्ता गरिएपछि उनलाई पदमुक्त गरिएको थियो।

Laxmi sunrise bank
kumari

लगत्तै सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। प्रदेश सरकारका मन्त्री पदमुक्त भएको यो घटनापछि प्रतिनिधिसभामा, सो पार्टीको संसदीय दलले पनि सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको थियो।

प्रदेशसभामा चौथो ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन्। ५३ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा (एमाले)का ११ प्रदेशसभा सदस्य छन्। प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)सँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्बित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन्।

प्रकाशित: Jul 28, 2025| 19:40 सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्