सोमबार, कात्तिक ३, २०८२

उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता

 |  सोमबार, साउन १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०८२

काठमाडौं- उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्किएकी छन्। चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११।३० बजे स्वदेश फर्किएकी हुन्।

Kumaribank

उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी भएकी थिइन्।

सो कार्यक्रममा उनले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गरेकी थिइन्, भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गरेकी थिइन्।

उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित छन्। उनी दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गदै साउन ६ गते त्यस तर्फ प्रस्थान गरेकी थिइन्।

प्रकाशित: Jul 28, 2025| 09:59 सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्