मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

National life

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त मधेश प्रदेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

सरकारले मधेश प्रदेशलाई सुक्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेलगत्तै आज मन्त्रालयमा बसेको आपत्कालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले ढिलो नगरी तत्काल राहतको उपाय अवलम्बन गर्न निर्देशन दिएका हुन्।

उनले मधेश प्रदेशका आठ जिल्लामा अहिले खानेपानी र सिँचाइको समस्या भएकाले तत्काल उक्त समस्या समाधान गर्न कार्ययोजना बनाएर १५ दिनभित्र समस्या समाधान गर्नुपर्ने बताए।

'कागजी प्रक्रिया, ‘टेन्डर’ झन्झट, खरिद प्रणालीको जटिलता र कानुनी विकल्प प्रयोग गरेर जनतालाई तत्काल राहत दिनुहोस्,' मन्त्री खड्काले भने। सिँचाइका लागि डिप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट तथा पाइपलाइन बिछ्याउनेजस्ता उपाय तत्काल सुरु गर्नुपर्ने उनले बताए।

kumari

ढिलो रोपाइँ गर्नु परे पनि कम पानीमा उच्च उत्पादन दिन सक्ने उन्नत जातका धानको बीउ तथा आवश्यक कृषि उपकरणको प्रयोगलाई प्रोत्साहन दिनुपर्ने उनको भनाइ थियो। सिँचाइका साथै खानेपानीका लागि पनि आवश्यक संयन्त्र र साधन प्रयोग गरेर जनतालाई सहजता दिनुपर्ने मन्त्री खड्काले बताए।

बैठकमा मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए।

प्रकाशित: Jul 27, 2025| 21:53 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्