मंगलबार, वैशाख १५, २०८३

सभामुख घिमिरे जेनेभा प्रस्थान

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन्।

National life

सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन्।

यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने सम्मेलनमा सभामुख घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नेछन्। यसैगरी, उनी स्विट्जरल्यान्डको संसद्ले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।

भ्रमण सम्पन्न गरी उहाँ यही साउन १८ गते स्वदेश फकिर्ने सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। रासस

kumari

प्रकाशित: Jul 27, 2025| 21:12 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्