बिहीबार, कात्तिक १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • श्रम र श्रमिकको सम्मान नभए मुलुक अगाडि बढ्न सक्दैन : श्रममन्त्री भण्डारी

श्रम र श्रमिकको सम्मान नभए मुलुक अगाडि बढ्न सक्दैन : श्रममन्त्री भण्डारी

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले मुलुक अगाडि बढ्न श्रम र श्रमिकको सम्मान हुनुपर्ने बताएका छन्।

Machhapuchchhre

आइतबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले श्रमको सम्मानले मुलुक अगाडि बढ्ने बताएका हुन्।

उनले भने, ‘बद्रीविक्रम थापा स्मृति सेवा गुठिले केही नयाँ गरिरहेका छ। श्रम पुरस्कारका बारेमा हामीले कुरा गरेका छौ। श्रम र श्रमिकको जबसम्म सम्मान हुँदैन। त्यो मुलुक अगाडि बढ्न सक्दैन।’

उनले आफू बच्चा हुँदादेखी चिया खाने गरेको पसललाई सम्मान गर्न पाएकोमा खुसि लागेको भन्दै श्रमलाई सम्मान गर्ने कामलाई निरन्तरण गर्न आग्रह समेत गरे।

प्रकाशित: Jul 27, 2025| 20:09 आइतबार, साउन ११, २०८२