सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विपी र पुष्पलाललाई अब एउटै पार्टीका नेतामा सिमित गर्नुहुन्न : प्रधानमन्त्री

विपी र पुष्पलाललाई अब एउटै पार्टीका नेतामा सिमित गर्नुहुन्न : प्रधानमन्त्री

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बाट आज चार प्रतिभालाई पुरस्कृत गरेका छन्।

National life

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरू नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईंला), भुवन ढुङ्गाना कोइरालालाई जनही एक लाख राशीसहित पुरस्कृत गरेका हुन्।

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए।

'अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने विपीहरु र हामीहरुलाई थाहा छ। जेल हत्कडी र कालकोठरी भोग्नेहरुलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ। अघिल्लो पुस्ताका विपी कोइरालाहरुले सङ्घर्षका लागि बाटो देखाउनुभएको छ’, प्रधानमन्त्री ओलीले भने, 'जनीतिक परिवर्तनका लागि काँग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन्। यी लडाइँमा विपी प्रेरणाको मियो हुनुहुन्थ्यो। अब विपी कोइराला र पुुष्पलालहरु कुनै दल विशेषका नेता होइनन्, देशकै नेता हुन्।’

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गरेका जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाले राजनीति र साहित्यमा दिएको योगदानलाई चिरपर्यन्त कायम राख्न नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 27, 2025| 18:25 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्