बिहीबार, असार ४, २०८३

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता 

 |  शुक्रबार, साउन ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०८२
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन्। भेट राष्ट्रपतिनिवास शीतलनिवासमा भएको हो।

भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको  राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ।

प्रकाशित: Jul 25, 2025| 12:04 शुक्रबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्