सोमबार, कात्तिक ३, २०८२

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  शुक्रबार, साउन ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०८२

काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ।

Kumaribank

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय  विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सो विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो। सो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो।

यो विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ।

प्रकाशित: Jul 25, 2025| 07:08 शुक्रबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्