बुधबार, वैशाख १६, २०८३

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

 |  बुधबार, साउन ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०८२

National life
kumari

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन्। 

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका ती दुई दलले यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएका थिए। आजको बैठक प्रारम्भ भएसँगै दुवै दलका सांसदहरू आफ्नो आसनबाट उभिएर बैठक बहिष्कार गरेका हुन्। 

त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सांसद बिन्दवासिनी कंशाकारलाई बोल्न समय दिएका थिए। उनहरूले आ-आफ्ना धारण राखिसकेपछि दुवै दलका सबै सांसद बैठकबाट बाहिरिएका थिए।

प्रकाशित: Jul 23, 2025| 14:23 बुधबार, साउन ७, २०८२
प्रतिक्रिया दिनुहोस्