सोमबार, कात्तिक ३, २०८२

एमाले केन्द्रीय कमिटीको बैठक आज

 |  सोमबार, साउन ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०८२

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ।  

Kumaribank

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने छ।

सोमबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव पेस भई छलफल हुने नेता गौतमले जानकारी दिए। विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ। 

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ।  एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ। केन्द्रीय कमिटीको बैठक भोलि र पर्सि बस्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

प्रकाशित: Jul 21, 2025| 09:03 सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्