बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि विकास बैंकले पायो'नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४'

कृषि विकास बैंकले पायो'नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४'

 |  आइतबार, साउन ४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०८२
Kumaribank
Metro Mart

काठमाडौं-नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक, कृषि विकास बैंक लिमिटेडले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल  द्वारा आयोजित 'नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४' समारोहमा 'पब्लिक सेक्टर बैंकिङ इन्स्टिच्युसन' विधाअन्तर्गत 'सिल्भर अवार्ड' प्राप्त गर्न सफल भएको छ।

यो प्रतिष्ठित अवार्ड २०२४ को मूल्याङ्कन विधिअनुसार प्रदान गरिएको हो। कृषि विकास बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा पारदर्शिता, वित्तीय प्रस्तुतीकरणको गुणस्तर, र सूचनाको स्पष्टताका लागि यो सम्मान प्राप्त गरेको हो।बैंकले वित्तीय सुशासन र पारदर्शितालाई उच्च प्राथमिकता दिँदै आएको र यस अवार्डले त्यसको पुष्टि गरेको जनाएको छ

यो पुरस्कारले बैंकलाई भविष्यमा अझ उत्कृष्ट वित्तीय प्रतिवेदनहरू प्रस्तुत गर्न र आफ्ना सरोकारवालाहरूलाई थप विश्वसनीय जानकारी उपलब्ध गराउन प्रोत्साहन मिलेको छ।कृषि विकास बैंक लिमिटेडले यो उपलब्धिको श्रेय आफ्ना ग्राहकहरू, कर्मचारीहरू, र नियामक निकायहरूको निरन्तर सहयोग र विश्वासलाई दिएको छ।

प्रकाशित: Jul 20, 2025| 14:15 आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्