सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंक'नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४'बाट सम्मानित

नबिल बैंक'नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४'बाट सम्मानित

 |  आइतबार, साउन ४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडलाई 'इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल'  द्वारा आयोजित 'नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड  २०२४' वाट सम्मानित भएको छ। बैंकले आफ्नो उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि यो प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो।'इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल' ले आर्थिक वर्ष २०८०र८१ मा प्रकाशित वार्षिक प्रतिवेदनहरूको आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनको मूल्याङ्कन गरी नबिल बैंकलाई बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै यो अवार्ड प्रदान गरेको छ।  

शुक्रबार काठमाडौमा आयोजित एक कार्यक्रममा माननीय महालेखापरीक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दीप बाबु पौडेललाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको छ। बैंकको यो पुरस्कृत वार्षिक प्रतिवेदन दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपिए अवार्ड  का लागि समेत मनोनित हुनेछ।

नबिल बैंक नेपालको एक अग्रगामी बैंक हो, जसले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको र नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल बैंकले आर्थिक वर्ष २०७९र८० मा पनि ‘गोल्ड अवार्ड’ प्राप्त गरेको थियो।

प्रकाशित: Jul 20, 2025| 13:04 आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्