बुधबार, चैत २५, २०८२

मेस्सीले बनाएका यी ५ रेकर्ड, के भविष्यमा दोहोरियलान् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अर्जेन्टिना तथा बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सी विश्व फुटबलमा ‘गोल मेसिन’ रूपमा चिनिन्छन् । ३१ वर्षमा मेस्सीले आफ्नो आफ्नो फुटब जिवनमा अनेक रेकर्ड बनाएका छन् । उनले बनाएका कैयौ रेकर्ड अती दुर्लब छन् । जुन रेकर्ड ब्रेक हुन धेरै गाह्रो पर्ने छ । तिनै रेकर्ड जुन कुनै खेलाडीका लागि तोड्न असम्भवजस्तै छन् ।

लगातार चारपटक बालोन डि’ओर विजेता

विश्व फुटबल जगतमा मेस्सी एक मात्र खेलाडी हुन् । जसले लगातार चार पटक बालोन डि’ओर जितेका छन् । उनीसाग पाँच पटक बालोन डि’ओर विजेता क्रिस्टियानो रोनाल्डोले पनि लगातार चर पटक बालोन डि’ओर पजत्न सकेका छैनन् । 

विश्व फुटबलमा सन् २००८ मा ब्राजिलका काकाले यो अवार्ड जिते पछि रोनाल्डो र मेस्सीले एकछत्र राज गर्दै आएका थिए । तर, लगातार चारपटक बालोन डि’ओर जित्ने मेस्सी मात्रै हुन् । मेस्सीले सन् २००९, २०१०, २०११ र २०१२ मा लगातार यो अवार्ड जितेका थिए । 

एकै सिजनमा ९१ गोलको 

विश्व फुटबल र मेस्सीको करिअरमा यो एक निकै दुर्लभ रेकर्ड हो । जुन रेकर्ड मेस्सी स्वयमलाई पनि गाह्रो पर्नेछ । मेस्सीले सन् २०१२ मा एकै सिजनमा ९१ गोल गर्दै विश्व फुटबलकै दुर्लभ रेकर्ड बनाएका छन् । 

उनले रेकर्ड बनाउँदा सन् १९७२ मा मुलरले एक वर्षमा गरेको ८५ गोलको रेकर्डसमेत तोडेका थिए । सन् २०१२ मा मेस्सीले ६९ खेलबाट ९१ गोल गरेका थिए । त्यसमा उनले ७९ गोल बार्सिलोनाका लागि गर्दा बाँकी १२ गोल अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि गरेका थिए ।

ला लिगामा सबैभन्दा बढी गोल 

मेस्सी ला लिगको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले बार्सिलोनाको मात्रै नभई ला लिगामा समेत सर्वाधिक गोलकर्ताको रेकर्ड बनाए । उनले घरेलु लिगमा बार्सिलोनाका लागि हालसम्म ४०० गोलको कोसेढुंगा पुरा गरेका छन । 

उनी ला गिलामा ४ सय गोल पुरा गर्ने एक्लो खेलाडी हुन् ।  मेस्सीपछि दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो छन् । उनले ३ सय ११ गोल गरेका छन् । मेस्सीलाई पछ्याइरेका रोनाल्डोले स्पेन छाडिसकेकाले अब मेस्सीको यो रेकर्ड अन्यले तोड्ने सम्भावना ज्यादै न्युन छ ।

ला लिगाको इतिहासमा सर्वाधिक असिस्टमा 

मेस्सीले ला लिगमा सर्वाधिक गोल कर्ताको रेकर्ड मात्र हैन । उनले सर्वाधिक असिस्ट गर्ने खेलाडीको समेत रेकर्ड बनाएका छन् । उनी हाल सम्म ला लिगको इतिहासमा सर्वाधिक धेरै असिस्ट गर्ने खेलाडी हुन् । उनले हालसम्म १ सय ५९ गोलमा पास मिलाएका छन् । 

सबैभन्दा कम उमेरमा चारपटक बालोन डि’ओर 

विश्व फुटबलमा सबै भन्दा कम उमेरमा चार पटक बालोन डि’ओर जित्ने रेकर्ड पनि मेस्सीकै नाममा छ । पाँच पटक बालोन डि’ओर जित्दा मेस्सीले २२ वर्षको उमेरमा पहिलो पटक यो अवार्ड जितेका थिए । 

त्यत्ति मात्रै हैन, उनले २५ वर्ष ६ महिना १२ दिन पुग्दा चारपटक बालोन डि’ओर जितेका थिए । यसबाट मेस्सी सबैभन्दा कम उमेरमा चार बालोन डि‘ओर जित्ने पहिलो खेलाडी बनेका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।