सोमबार, पुस १४, २०८२

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

 |  बिहीबार, साउन १, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल कम्प्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दैछ।

एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिए। पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ।  

यस्तै सोही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। आज बस्ने एमाले सचिवालय बैठकले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूचि तय गर्ने कार्यालय सचिव डा अधिकारीले बताए। यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो।

प्रकाशित: Jul 17, 2025| 12:21 बिहीबार, साउन १, २०८२
प्रतिक्रिया दिनुहोस्