शुक्रबार, साउन २, २०८२

बाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

 |  बिहीबार, साउन १, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०८२

vianetvianet

बागमती- वाग्मती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन्। 
    
प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश प्रमुख देवकोटाले बुधबार प्रमाणीकरण गरेका हुन्। 
    
दुवै विधेयक यही असार २३ गते बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो।

प्रकाशित: Jul 17, 2025| 08:31 बिहीबार, साउन १, २०८२
प्रतिक्रिया दिनुहोस्